‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
लेबनान । हजारौँ कार्यकर्ताको सञ्चार उपकरण विस्फोटमा परिणत भएपछि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बिहीबार आफ्नो शक्तिशाली समूहलाई ‘अभूतपूर्व’ धक्का लागेको स्वीकार गरेका छन् ।
इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको मृत्यु र लगभग तीन हजार व्यक्ति घाइते हुने घटनामा कुनै टिप्पणी गरेको छैन तर लेबनानको मोर्चालाई समावेश गरिएको गाजामा आफ्नो युद्धको दायरा विस्तार गर्ने बताएको छ ।
लेबनानलाई आतद्रित बनाउने मंगलबार र बुधवारको आक्रमणपछि नसरल्लाहले आक्रामक स्वरमा प्रतिशोधको चेतावनी दिए । आक्रमणलाई सम्भावित ‘युद्धको कार्य’ का रूपमा वर्णन गर्दै उनले इजरायलले ‘कठोर प्रतिशोध र न्यायपूर्ण सजाय’को सामना गर्नुपर्ने चेतावनी दिए ।
‘युद्ध अपराध वा युद्धको घोषणा हुन सक्थ्यो’ भन्दै उनले आक्रमणलाई ‘नरसंहार’ भने । उनले इजरायलले ‘दुई मिनेटमा कम्तीमा पाँच हजार मानिसलाई मार्न चाहेको’ आरोप लगाए ।
उनले गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने प्रतिज्ञा गरे । ‘यति धेरै रगत बगे पनि गाजामा आक्रमण बन्द नभएसम्म लेबनानको मोर्चा रोकिँदैन’, उनले भने ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया