ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न काम गरिरहेका छन् ।
‘हिजो राति स्थानीय समयानुसार करिब पौने दुई बजे एउटा जहाज नानोर्तालिक नजिकको चट्टानमा ठोक्कियो र पानीमा डुब्न थाल्यो’, ग्रीनल्यान्डिक प्रहरीले विज्ञप्तिमा भनेको छ । जहाज बिहान सात बजे डुबेको थियो । तीस मिटर लामो जहाजको ट्यांकमा एक हजार लिटर इन्जिन तेलबाहेक करिब १५ हजारदेखि २० हजार लिटर डिजेल रहेको अधिकारीहरूले विश्वास गरेका छन् । जहाजको नाम र प्रकार खुलाइएको छैन ।
अधिकारीहरूले यो चरणमा कुनै प्रदूषणको स्तर निर्धारण गर्न असम्भव रहेको बताए पनि इन्धन फैलावटलाई नियन्त्रणमा राख्नका लागि पम्प प्रयोग गरिरहेका छन् र साइटको चारैतिर ५० मिटरको परिधिमा तैरिने बुम राखेका छन् । जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ । यद्यपि तिनीहरूको संख्या वा राष्ट्रियताबारे कुनै विवरण प्रदान गरिएको छैन । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया