युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
किएभ । युक्रेनले शुक्रबार रुसी मुलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका लागि ‘खतरा’ रहेको भन्दै आफ्नो सरकार, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
युक्रेन र रुस दुवैमा सञ्चारको मुख्य स्रोतका रुपमा प्रयोग हुने सामाजिक सञ्जालमा व्यक्तिगत डाटा र सन्देशहरूमा रुसको पहुँच हुनसक्ने चेतावनी किएभले दिएको छ ।
‘राष्ट्रिय सुरक्षा र रक्षा परिषद्ले सरकारी विभाग, सैन्य संरचना र महत्वपूर्ण पूर्वाधार सुविधामा टेलिग्रामको प्रयोग प्रतिबन्धित गर्ने निर्णय गर्यो’, सुरक्षा परिषद्ले फेसबुकमा एक विज्ञप्तिमा भन्यो, ‘यो राष्ट्रिय सुरक्षाको कुरा हो ।’
युक्रेनका अनुसन्धान प्रमुख किरिलो बुदानोभले टेलिग्राममार्फत मस्कोले प्रयोगकर्ताहरूको व्यक्तिगत डाटासहित अन्य सूचना प्राप्त गर्नसक्ने आशका व्यक्त गरे । ‘यो अभिव्यक्ति स्वतन्त्रताको कुरा होइन, यो राष्ट्रिय सुरक्षाको कुरा हो’, उनले भने ।
एकजना उच्चपदस्थ सुरक्षा अधिकारीले यो प्रतिबन्ध आधिकारिक सञ्चारमा मात्र लागू हुने बताएका छन् । टेलिग्राम सजिलै ह्याक हुनसक्ने भएकाले रुसले सजिलै सूचना लिक गर्नसक्ने स्रोतले जनाएको छ ।
‘नागरिकहरुले भने यसको प्रयोग गर्न सक्नेछन्, कुनै प्रतिबन्ध छैन’, स्रोतले बताएको छ । टेलिग्रामका संस्थापक दुरोभलाई अवैध सामग्री प्रकाशित गरेको अभियोगमा गत महिना फ्रान्समा पक्राउ गरिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया