श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता विजयी
कोलम्बो । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन् । निर्वाचन आयोगले दोस्रो चरणको मतगणनापछि उनको जित घोषणा गरेको हो । उनले आज (सोमबार) राष्ट्रपति पदको शपथ लिने बताइएकोे छ । दिसानायके श्रीलंकाको दशौँ राष्ट्रपति बनेका छन् ।
श्रीलंकामा सेप्टेम्बर २१ मा चुनाव भएको थियो । श्रीलंकाको चुनावी इतिहासमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नपाएको यो पहिलो पटक हो । त्यसपछि दोस्रो चरणको मतगणना भएको थियो ।
निर्वाचन आयोगले दोस्रो चरणमा मतदाताहरुले दोस्रो र तेस्रो रोजाइमा राखेका उम्मेदवारहरुको मतको गणना गरेको थियो । मतदाताहरुलाई आफ्नो रोजाइको क्रमअनुसार तीन जना उम्मेदवार छान्न दिइएको थियो ।
राष्ट्रपति निर्वाचनमा दिसानायके र सजित प्रेमदासले सबैभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि यी दुई उम्मेदवारबीच अन्तिम प्रतिस्पर्धा भयो ।
श्रीलंकाको वेबसाइट डेली मिररका अनुसार पहिलो चरणमा अनुरा दिसानायकेले करिब ४२ दशमलव तीन प्रतिशत, विपक्षि नेता साजिथ प्रेमदासाले ३२ दशमलव आठ, रनिल विक्रमासिंघेले १७ दशमलव तीन प्रतिशत मत पाएका छन् ।
अनुरा कुमारा दिसानायके वामपन्थी पार्टी जनता विमुक्ति पेरामुना (जेभीपी)का नेता हुन् । उनले राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धनको तर्फबाट राष्ट्रपतिको चुनाव लडेका थिए । पछिल्लो निर्वाचनमा यो गठबन्धनले तीन प्रतिशत मात्रै मत ल्याएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया