Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा

भारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा


नयाँ दिल्ली, असार १८
भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछा मार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले आज जानकारी दिएको हो । सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरुलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । सो सम्झौताबमोजिम हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखमा रिहा गर्ने भनिएको थियो । त्यस सम्झौता बमोजिम नै आज पनि दुवै देशका नागरिकलाई छोडिने भएको भारतको विदेश मन्त्रालयले जनाएको थियो ।

बुधबार दिइएको त्यस जानकारीअनुसार रिहा गरिएकामा भारतको जेलमा रहेका २ सय ६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछामार्ने मछुवा नागरिक रहेका छन् । उनीहरुलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ । त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र अरु २ सय ७० जना माछा मार्ने भारतीय मछुवा नागरिकलाई भारतसमक्ष हस्तान्तरण गरेको छ । उनीहरुलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीहरुले एकै पटक छुटाएका थिए । बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीहरुले एक आपसमा दुवै देशका बन्दीहरुलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया