दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
नयाँदिल्ली । दिल्लीका नयाँ मुख्यमन्त्री आतिशी मरलानले सोमबार (सेप्टेम्बर २३) पदभार ग्रहण गरेकी छिन् । उनी बिहान १२ बजे मुख्यमन्त्रीको कार्यालय पुगेर औपचारिकता पूरा गरिन् । यसै क्रममा आतिशीले मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्रीको कुर्सी छोडेर अर्को कुर्सीमा बसिन् ।
आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफुले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मख्यमन्त्री चलाउने बताएकी छिन् । आतिशीले भनिन ‘जसरी राम वनवासमा गएपछि भरतले अयोध्याको सिंहासन सम्हालेका थिए, त्यसैगरी म दिल्लीको मुख्यमन्त्रीको कुर्सी पनि सम्हाल्नेछु । चार महिनापछि दिल्लीका जनताले केजरीवाललाई फेरि त्यही कुर्सीमा बसाउनेछन् । तबसम्म यो कुर्सी यही कोठामा रहिरहनेछ र केजरीवाललाई पर्खनेछ ।’
आतिशीको बयानमा दिल्ली बीजेपी अध्यक्ष वीरेन्द्र सचदेवाले आतिशीले दिल्लीको मुख्यमन्त्री पदको गरिमा र दिल्लीका जनताको भावनामा चोट पुर्याएको बताए । उनले आतिशीको यो कार्य आदर्श नभएर चापलूसी भएको बताए । उनले केजरीवालको रिमोट कन्ट्रोलबाट सरकार चल्ने बताए । दिल्ली रक्सी नीति मुद्दामा १३ सेप्टेम्बरमा जमानतमा छुटेपछि केजरीवालले सेप्टेम्बर १७ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया