Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले उच्च आर्थिक वृद्धिको लक्ष्यसहित नीति अघि बढायो

चीनले उच्च आर्थिक वृद्धिको लक्ष्यसहित नीति अघि बढायो


बेइजिङ । चीनले उच्च वृद्धिको लक्ष्यसहित आर्थिक नीतिहरु अघि बढाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकले देशको मुख्य आर्थिक र सामाजिक विकास लक्ष्यहरु पूरा गर्न बलियो उपायहरु अवलम्बन गर्न आग्रह गरेको छ ।

बृहत् ब्याजदर काटौती लागू गर्ने र आर्थिक सुधारको लागि देशको रणनीतिको भागको रुपमा सम्पत्ति बजारलाई स्थिर बनाउने नीतिहरु समावेश गरेको छ । सरकारका वित्तीय अधिकारीहरुले अवलम्बन गरेको नीतिगत उपायहरुमा बैंकहरुको लागि रिजर्भ आवश्यकता अनुपात घटाउने र घरहरुको धितोको दर बढाउने, पुँजी बजारलाई बढवा दिने नयाँ मौद्रिक नीति ल्याउने विषयहरु छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोले अप्रिल, जुलाई, अक्टोबर र डिसेम्बरको अन्त्यमा आर्थिक बैठक बलाउने गर्छ । यसवर्ष सेप्टेम्बरमा बैठक भएको छ ।

बैठकले विशेषगरी उच्चस्तरको समाजवादी बजार अर्थतनत्र निर्माणमा ध्यान केन्द्रित गर्दै स्रोत बाँडफाँटमा सरकारले निर्णायक भूमिका खेलेकोबारे समीक्षा गरेको थियो । बैठकले स्थायित्व सुनिश्चित गर्नका लागि विस्तारित नीतिगत उपाय र प्रमुख कार्यहरु दुवै रुपरेखा बनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x