वासिड.टन डीसी, असार १९
अमेरिकाको बेरोजगारी दर जुन महिनामा घटेर ११.१ प्रतिशतमा झरेको रिपोर्ट सार्वजनिक भएको छ । विश्व महामारी कोरोनाले आक्रान्त अमेरिकामा सार्वजनिक पछिल्लो रिपोर्टले आर्थिक क्षेत्रमा सुधार आइरहेको देखाएको हो । श्रम विभागले बिहीबार रिपोर्ट सार्वजनिक गरेको अमेरिकी मिडियाले जनाएका छन् । यो अवधिमा ४८ लाख नयाँ रोजगारी समेत सिर्जना भएको बताइएको छ । विश्लेषकहरुले भने यो अवधिमा बेरोजगारी दर १२.३ प्रतिशत रहने र ३० लाख मात्रै रोजगारी सिर्जना हुने अनुमान गरेका थिए । मे महिनामा २७ लाख रोजगारी सिर्जना भएको थियो ।
अमेरिकी राज्यहरु लकडाउनबाट पुनः सामान्य अवस्थामा फर्किँदै गर्दा यसले आर्थिक गतिविधि बढेको हो । अमेरिकामा केही कम भएको कोरोना संक्रमण पुनः देखिन थालेको छ । कतिपय राज्यमा नयाँ संक्रमित ५० हजारले बढेका छन् । नयाँ संक्रमित देखिएसँगै कतिपय राज्यमा पुनः कडाइ थालिएको छ । कतिपय कम्पनीहरुले खुले पनि बन्द गर्न थालेका छन् । विभागको तथ्यांकअनुसार थप १४ लाख ३० हजारले बेरोजगार रहेको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया