Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजुकरबर्ग भन्छन्– विज्ञापनदाता चाँडै फेसबुकमा फर्किनेछन्

जुकरबर्ग भन्छन्– विज्ञापनदाता चाँडै फेसबुकमा फर्किनेछन्


अमेरिका, असार १९
सामाजिक सञ्जाल कम्पनी फेसबुकले पछिल्लो समय विज्ञापन सम्झौता तोडेका विज्ञापनदाता चाँडै फेसबुकमा फर्किने दाबी गरेको छ । नश्लीय विभेदसम्बन्धी टीकाटिप्पणी नियन्त्रण नगरेको आरोप लगाउँदै विज्ञापनदाता कम्पनीहरुले एकपछि अर्को गरी फेसबुकबाट विज्ञापन झिक्नथालेपछि फेसबुकका प्रमुख मार्क जुकरबर्गले उक्त प्रतिक्रिया दिएका हुन् ।

बीबीसीका अनुसार जुकरबर्गले अनुमान गर्दै भने, ‘मेरो अनुमानअनुसार यी सबै विज्ञापनदाताहरु चाँडै फेसबुकमै फर्किनेछन् ।’ समानताको नारा लगाउने क्याम्पेनरहरुले घृणा फैलाउने विषयवस्तुहरु नहटाएको, नश्लीय विभेदविरुद्ध कदम नचालेको आरोप लगाउँदै विज्ञापन रोक्ने र यससम्बन्धी भएका सम्झौता समेत तोड्ने घोषणा गरिरहँदा जुकरबर्गले यस्तो बताएका हुन् ।

उनले फेसबुकले लिएको नीति सामान्य आम्दानीका लागि परिवर्तन नगर्ने पनि स्पष्ट पारेका छन् । जुकरबर्गले गत शुक्रबार कर्मचारी बैठकमा यस्तो प्रतिक्रिया दिएको बताइएको छ । यो सूचना एउटा साइटमा लिक भएको बताइएको छ । साथै उनले ‘स्टप हेट फर प्रोफिट’ संगठनकर्तासँग पनि भेटवार्ताको तयारी गरेका छन् । फेसबुकले आफूले लिएको नीति सही भएको पनि ठहर गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया