Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाबाट पाँच लाख २९ हजार बढीको मृत्यु

कोरोनाबाट पाँच लाख २९ हजार बढीको मृत्यु


काठमाडौं, असार २१
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १२ लाख ७ हजार ५४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । कोरोना भाइरसका कारण बिरामी भएका ६३ लाख ६३ हजार ६९६ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख २४ हजार २८९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ८४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ९१ हजार २२८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार १०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २४ लाख २२ हजार २१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९० हजार ९१४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख ८१ हजार ४२९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७४ हजार १८३ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ६२ हजार ९०९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९्३ हजार २९५ को मृत्यु भएको छ । एसिया २४ लाख ८९ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६० हजार ९७ जनाको मृत्यु भएको छ । अफ्रिकामा ४ लाख ५० हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ९२५ जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया