Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहाइड्रोक्लोरोक्विन र एचआईभीको औषधिले कोरोना उपचार नगर्न निर्देशन

हाइड्रोक्लोरोक्विन र एचआईभीको औषधिले कोरोना उपचार नगर्न निर्देशन


अमेरिका, असार २२
विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी संक्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ संक्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ । कतारी समाचार संस्था, अल जजीरा, का अनुसार उक्त विधि कोभिड–१९ संक्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड–१९ संक्रमित विरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो ।

हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड–१९ का विरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमुलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष विश्व स्वास्थ्य संगठनको रहेको छ । ‘अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ’, विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ । विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधी प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्नसक्ने जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया