Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजसले अमेरिका पत्ता लगाए तिनैको शालिक किन फोडि“दै छ अमेरिकामा ?

जसले अमेरिका पत्ता लगाए तिनैको शालिक किन फोडि“दै छ अमेरिकामा ?


बाल्टिमोर, असार २२
अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको सहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए ।

प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीहरुले अमेरिकामा पछिल्ला दिनहरुमा कोलम्बस, कन्फिडेरेट नेताहरु र अरुहरुका स्मारकहरु सार्वजनिक स्थलबाट हटाउन माग गरिरहेका छन् । प्रदर्शनकारीको विचारमा इटालेली अन्वेषक क्रिस्टोफर अमेरिका सहित पश्चिमा देशहरुमा जातिसंहार र आदिवासी जनताको शोषणका लागि जिम्मेवार रहेका छन् ।

बाल्टिमोर सन अखबारका अनुसार उक्त स्मारक नगरपालिकाको स्वामित्वमा रहेको तथा पूर्व मेयर विलियम डोनाल्ड साफर र राष्ट्रपति रोनाल्ड रेगनको नाममा समर्पित रहेको थियो । बाल्टिमोरका मेयर बर्नार्ड योङका प्रवक्ता लेस्टर डेभिसले स्मारक भत्काइनु इतिहासलाई आफूखुसी व्याख्या गर्नु भएको उल्लेख गरे ।

प्रदर्शनकारीहरुले कोलम्बसका स्मारकहरु अरु राज्य एवं सहरहरुमा पनि भत्काइएका छन् । प्राप्त जानकारीअनुसार मायामी, रिचमन्ड, भर्जिनिया, सेन्ट पल, मिनेसोटा, बोस्टनमा रहेका कोलम्बसका शालिक तोडफोड गरिएका छन् । इटालीका अन्वेषक क्रिस्टोफर कोलम्बसले पन्ध्रौं शताब्दीमा अमेरिका पत्ता लगाएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया