Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख ४२ हजार नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख ४२ हजार नाघ्यो


नयाँँ दिल्ली, असार २५
भारतमा मंगलबार कोभिड–१९ का २२ हजार ७ सय ५२ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख ४२ हजार नाघेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या सात लाख ४२ हजार ४ सय १७ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा मंगलबार थप २२ हजार ७ सय ५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४ सय ८२ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । भारतमा हालसम्म कोरोना भाइरसबाट २० हजार ६ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

विज्ञप्तिका अनुसार बुधबार विहानसम्म ४ लाख ५६ हजार ८ सय ३० संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै पनि २ लाख ६४ हजार ९ सय ४४ व्यक्तिले संक्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् । भारतमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख १७ हजार १ सय २१ संक्रमित रहेका छन् भने ९ हजार २ सय ५० जनाको मृत्यु भएको छ । दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख १८ हजार ५ सय ९४ जना संक्रमित रहेका छन् भने १ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । यहाँ १ लाख २ हजार ८ सय ३१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार १ सय ६५ जनाको मृत्यु भएको छ । भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यावसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ ।

विश्वमा पाँच लाख ४७ हजारभन्दा बढीको मृत्यु : यसैबीच, कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४७ हजार ४१९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १९ लाख ८४ हजार १०७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६९ लाख २७ हजार ५ सय ५ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ९ हजार १ सय ८३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २ सय ४५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३० लाख ९७ हजार ५ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३३ हजार ९ सय ९१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २६ लाख १४ हजार ९ सय ३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९६ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ३६ लाख २८ हजार ७ सय ९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७८ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ । युरोपमा २५ लाख ३ हजार ६ सय ३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९४ हजार ७ सय ८२ को मृत्यु भएको छ । एसिया २७ लाख ७ सय ४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया