Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकम्बोडियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्ध

कम्बोडियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्ध


कम्बोडिया, असार २५
कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीहरुका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ । तर यहाँ कुकुुरको मासु खाने महोत्सव पनि हुने र त्यसका लागि सो समयमा निकै निर्दयी रुपमा कुकुर मार्ने गरिएकोले जनावर अधिकारकर्मीहरुले यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए ।

पशु अधिकारवादीहरुले मासुका लागि पशु मार्न नहुने, कुकुरलाई पनि मार्न नहुने र निर्दयी रुपमा कुकुर मारेर मासुको महोत्सव गर्न नहुने भन्दै विगत लामो समयदेखि माग गर्दै आएका थिए । त्यसको विरुद्धमा उनीहरुले अदालतसम्म पनि पुगेर मासुका लागि कुकुर मार्ने कार्यलाई रोक्न भनेका थिए । त्यसैले सरकारले यस्तो निर्णय गरेको जनाएको हो । सिम रिप प्रान्तको कृषि विभागले मङ्गलबार राति अबेरति सो नीतिको घोषणा गरेको थियो ।

मासुका लागि कुकुर मार्ने र त्यसको महोत्सव गर्ने काम अराजक देखिएको र यो पशु अधिकारको विरुद्धमा भएको भन्दै यस्तो प्रतिबन्ध लगाएको जनाएका हुन् । उक्त प्रान्तका अधिकारीहरुले मासु खाने प्रयोजनका लागि कुकुर समात्ने, काट्ने तथा बेच्ने कुनै पनि व्यक्तिलाई एक हजार ५०० देखि १२ हजार २०० अमेरिकी डलर बराबरको जरिबना गराइने बताएका छन् । (रासस–एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया