Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबिहारमा बुधबार चट्याङ लागेर १२ को मृत्यु

बिहारमा बुधबार चट्याङ लागेर १२ को मृत्यु


भारत, असार २६
भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पु-याएको बताइएको छ । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ ।

अघिल्लो हप्तासम्ममा यहाँ यस प्रकोपका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको थियो । यसैबीच बिहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले सो घोषणा गरेका हुन् ।

उनले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको सूचना पाएको भन्दै मृतकका परिवारलाई सो सहयोग गर्ने बताएका हुन् । यहाँ पछिल्ला दिनहरुमा वर्षासँगै परेको चट्याङलले लागेर एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले गत हप्ता नै यस प्रकोपबाट ज्यान जाने परिवारका सदस्यहरुलाई आर्थिक सहयोगका रुपमा प्रत्येक परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्ला हप्ताहरुमा बिहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया