Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाद्वारा अर्थव्यवस्थालाई सघाउन दरहरूमा कटौती

श्रीलंकाद्वारा अर्थव्यवस्थालाई सघाउन दरहरूमा कटौती


कोलम्बो, असार २६
श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल)को मौद्रिक समितिले केन्द्रीय बैंकको स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी कर्जा सुविधा दर (एसएलएफआर) मा १०० आधार विन्दु घटाएर क्रमशः ४.५ प्रतिशत र ५.५ प्रतिशत गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण प्रभावित अर्थतन्त्रलाई सघाउने उद्देश्यले गरिएको नीतिगत दरहरूमा परिवर्तन गर्ने निर्णय समितिको बुधबारको बैठकले गरेको बिहीबार सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘बजारको कर्जा दरमा थप कटौती गर्ने उद्देश्यले यो निर्णय भएको हो र यसले वित्तीय प्रणालीलाई अर्थव्यवस्थाको उत्पादक क्षेत्रलाई आक्रामक रुपमा बढाउन प्रोत्साहित गर्दछ, जसले कोभिड–१९ बाट प्रभावित व्यवसायहरुलाई व्यापक अर्थव्यवस्थाको रूपमा सहयोग प्रदान गर्दछ’, सीबीएसएलले भनेको छ ।

सन् २०२० को दोस्रो त्रैमासिकमा श्रीलंकाको आर्थिक वृद्धि महामारीका स्थिर बनेको तथा वित्तीय र मौद्रिक उत्तेजनाका साथै संरचनात्मक सुधारका माध्यमबाट सुधारको आशा गरिएको बैंकले जनाएको छ । श्रीलंकाको व्यापार घाटा सन् २०२० को पहिलो पाँच महिनामा कम भएकोे छ साथै आयातमा निर्यातभन्दा बढी संकुचन देखिएको थियो ।

अर्थतन्त्रको उत्पादक क्षेत्रमा थप तरलताको उपयोग गर्नुपर्ने देखिएको छ । साथै अर्थतन्त्रको खाँचोमा परेका क्षेत्रलाई सहयोग पु-याउन केन्द्रीय बैंकले घोषणा गरिरहेको सहुलियत कर्जा योजनाहरू पनि प्रयोग गर्नुपर्ने बैंकले बताएको छ । यो सीबीएसएलले यस वर्ष गरेको पाँचौं नीतिगत दर सुधारको घोषणा हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया