Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारत र युरोपेली संघको १५औं सम्मेलन जुलाई १५ मा हुने

भारत र युरोपेली संघको १५औं सम्मेलन जुलाई १५ मा हुने


नयाँ दिल्ली, असार २६
भारत र युरोपेली संघको १५औँ शिखर सम्मेलन यही जुलाई १५ मा हुनेभएको छ । कोरोनाभाइरसको त्रासका कारण सम्मेलन भिडियोमार्फत गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् । सम्मेलनमा कोरोनाभाइरसले पारेको प्रभावसँगै अन्य विभिन्न क्षेत्रीय तथा विश्वव्यापी विषयबस्तुका बारेमा पनि छलफल हुने भएको छ ।

सम्मेलनमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेल र युरोपेली आयोगका अध्यक्षका उर्सुला भोनडेर लियनले युरोपेली संघको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन् । यता भारतको तर्फबाट भने प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागिता जनाउनुहुने युरोपेली परिषद्द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । सम्मेलनलाई नयाँ चुनौती सामनाका लागि नयाँ रणनीति तय गर्ने अवसरको रुपमा लिन लागिएको परिषद्ले जनाएको छ ।

नेताहरुले सुरक्षा, मौषम, वातावरण, व्यापार र लगानी, विद्युतीय अर्थतन्त्र र कनेक्टीभिटीलगायतका विषयमा पनि छलफल गर्ने भएका छन् । वक्तव्यमा लेखिएको छ, ‘यस सम्मेलनले युरोपेली संघ र भारतको रणनीतिलाई बलियो बनाउन सहयोग गर्ने विश्वास लिन सकिन्छ । यसलाई अवसरको रुपमा पनि प्रयोग गर्नुपर्ने देखिन्छ । विषेश गरेर लोकतन्त्र, स्वतन्त्रता, कानूनी शासन र मानवअधिकारको सम्मानका लागि पनि नेताहरूले ध्यान दिनुहुनेछ ।’ अहिले हुन लागेको सम्मेलन यसै बर्षको शुरुमा नै गर्ने तय भएको भएपनि कोराना भाइरसको त्रासका कारण सरेर स्थगित भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया