Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकाजकस्तानमा फेला प-यो कडा निमोनिया

काजकस्तानमा फेला प-यो कडा निमोनिया


काजकस्तान, असार २८
विश्व स्वास्थ्य संगठनले काजकस्तानमा हालै देखिएको भनिएको निमोनियाको प्रकोप पनि कोभिड १९ हुन सक्ने बताएको छ । तर त्यस विषयमा उक्त संगठनका स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका पनि बताएको छ । हालैमात्र काजकस्तानमा अज्ञात निमोनियाजस्तो देखिने रोगको प्रकोप फैलिएको समाचार आएको थियो ।विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइकेल रायनले सो विषयमा शनिबार जानकारी दिएका छन् । उनले मध्य एसियाली देश काजकस्तानमा केही दिन यतादेखि निमोनियाजस्तो देखिने रोगको संक्रमण बढेको भन्ने विषयमा समाचार आएको र त्यस बारेमा अनुसन्धान गर्न यस संगठनका विज्ञहरु पुगेको बताएका हुन् ।

त्यस प्रकोपबाट मात्र पछिल्ला केही दिनयता मात्र त्यस देशमा १ हजार ७०० भन्दा बढी नागरिकको ज्यान गएको समाचार बाहिर आएको थियो । साथै उनले पछिल्लो समयमा त्यस देशमा कोभिड १९ को धेरै ठूलो प्रकोप बढिरहेको देखिएको जानकारी पनि दिए । उनले भने, ‘पछिल्ला दिनहरुमा सो देशमा कोभिड १९ को पनि ठूलो महामारी बढिरहेको छ, गएको हप्तादिनमा मात्र त्यहाँ कम्तीमा पनि १० हजार जनालाई यो महामारीको प्रकोप देखापरेको छ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया