Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार बढीको मृत्यु


काठमाडौं, असार ३०
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३ सय ४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५ सय १० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १ सय ४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६ सय ५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९ सय ९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७ सय ८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६ सय ११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७ सय १४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ७१ हजार ६ सय ९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५ सय ८१ को मृत्यु भएको छ । एसिया २९ लाख ६४ हजार ६ सय ९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३ सय ७८ जनाको मृत्यु भएको छ । अफ्रिकामा ५ लाख ९८ हजार २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ६ सय ४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ३० जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया