Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेइजिङमा थपिएनन् नयाँ संक्रमित

बेइजिङमा थपिएनन् नयाँ संक्रमित


बेइजिङ, साउन ५
चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट संक्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । सिन्ह्वाका अनुसार स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारीमा निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि संक्रमित थपिएको छैन ।

‘पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ संक्रमित भेटिएका छैनन् भने शनिबार १३ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन्’, एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र संक्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा संक्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका संक्रमित हुन् ।

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४ सय ५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया