Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगलले कोरोनाभाइरसबारे आशंकाजन्य विज्ञापनमा प्रतिबन्ध लगायो

गुगलले कोरोनाभाइरसबारे आशंकाजन्य विज्ञापनमा प्रतिबन्ध लगायो


अमेरिका, साउन ५
इन्टरनेट सर्च कम्पनी गुगलले कोरोनाभाइरसबारेका शंका÷उपशंका र डर त्रास सिर्जना गर्ने किसिमका विज्ञापनमाथि रोक लगाएको छ । अल्फाबेटको स्वामित्व रहेको कम्पनीले खतरनाक विषयबस्तुबारेका वेबसाइट र एप्लिकेसनका विज्ञापन नगर्ने निर्णय गरेको शुक्रबार नै जानकारी दिएको हो । उसले विज्ञानसम्मत विषयवस्तुलाई मात्रै प्रश्रय दिने बताएको रोयटर्सले जनाएको छ ।

विश्वकै ठूलो सर्च इन्जिन गुगलले आफ्नो नीति परिवर्तन गर्दै कोरोनाले सिर्जना गरेको स्वास्थ्य संकटमा अनावश्यक र कुप्रचार तथा रुढीवादी कुराहरुलाई हटाउने कदम चालेको हो । कोरोनाबारे इन्टरनेटमा विविध गलत सूचना प्रवाह रोक्न यो कदम प्रभावकारी हुने जनाइएको छ । अनेकौँ आशंकाजन्य सिद्धान्तको विज्ञापन गरेर पैसा आर्जन गर्नु ठीक नहुने कम्पनीको भनाइ छ । कम्पनीले अब यो भाइरस चिनियाँ प्रयोगशालामा बनाइएको भन्ने आरोपित कुप्रचारलाई रोक्नेछ ।

त्यस्तै कतिपयले यो भाइरस भन्ने नै केही होइनदेखि कतिपयले माइक्रोसफ्टका संस्थापक बिल गेट्सले बनाएको भन्नेसम्मका आरोप लगाउँदै इन्टरनेटमा विज्ञापन गर्दै आएका थिए । त्यस्तै गुगलले यसअघि नै कोरोनाभाइरसको रहस्यमय उपचार सम्भव भन्नेजस्ता विषयवस्तुमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । कतिपयले भने यो रोग आफैँ निको हुने जस्ता झूठा प्रचार समेत गर्दै आएका छन् । यससम्बन्धी थोरै संस्थालाई मात्र विज्ञापन गर्न दिइनेछ । जसले यसबारे यथार्थ जानकारी दिन्छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया