Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइन्डिगोले १० प्रतिशत कर्मचारी निकाल्ने

इन्डिगोले १० प्रतिशत कर्मचारी निकाल्ने


नयाँ दिल्ली, साउन ६
कोरोना संकटले आर्थिक संकटमा डुबिरहेको भारतकै चर्चित विमान सेवा प्रदायक कम्पनी इन्डिगोले आफ्नो १० प्रतिशत कर्मचारी निकाल्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रणजय दत्तले एक विज्ञप्ति जारी गर्दै कम्पनीको निर्णयबारे अवगत गराएको नवभारत टाइम्सले जनाएको छ । उनले कम्पनीले गम्भीर आर्थिक संकट व्यहोरिरहेको बताए । कम्पनीको अस्तित्वका निम्ति त्याग गर्नुपरेको भन्दै उनले यो निर्णयको बचाउ गरे । उनले सबै सम्भावित परिस्थिति आँकलन गरेरै १० प्रतिशत कर्मचारी निकाल्ने निर्णय गरेको पनि बताए ।

कम्पनीमा २०१९ मार्च ३१ सम्म २३ हजार ५ सय ३१ कर्मचारी थिए । कोरोना महामारी र लकडाउनका कारण विश्वकै हवाइ क्षेत्र नराम्ररी प्रभावित भयो । देशमा करिब २ महिना त उडान पूर्णरुपले ठप्प भयो । २५ मेबाट भने सीमित संख्यामा भारतले आन्तरिक उडानलाई अनुमति दिएको थियो । इन्डिगोले अहिले एकै यात्रुलाई दुईवटा सिट बुक गर्न दिएको छ । त्यसरी अर्को सिट लिँदा २५ प्रतिशतसम्म छुट दिएको छ । यो योजना २४ जुलाईसम्मका लागि भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया