Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको सरकारी चालू खाता घाटा ७८ प्रतिशतले घट्यो

पाकिस्तानको सरकारी चालू खाता घाटा ७८ प्रतिशतले घट्यो


इस्लामाबाद, साउन ८
पकिस्तानको सरकारी चालू खाता घाटा ७८ प्रतिशतले घटेको छ । पाकिस्तानी मिडियाले बताएअनुसार आर्थिक वर्ष सन् २०१९/०२० को यस्तो घाटा ७८ प्रतिशतले घटेको हो । विशेषगरी आयात शून्यप्रायः हुनु, कीर्तिमानी विप्रेषण आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी भित्रिँदा यसो भएको हो । पाकिस्तानको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त दरमा सरकारी बचत खाता घाटा घटेर २ अर्ब ९६ करोड अमेरिकी डलरमा झरेको छ । अघिल्लो आवमा यस्तो बचत खाता घाटा १३ अर्ब ४३ करोड अमेरिकी डलर रहेको थियो । त्यस्तै आव सन् २०१८ मा यस्तो बचत खाता घाटा २० अर्ब डलर थियो ।

यसले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा सुधारलाई मद्दत गर्नेछ । सरकारले व्यापारघाटामा कमी तथा आयात घटाउन भन्सारलगायतका करका दर बढाएको थियो । स्टेट बैंक अफ पाकिस्तानको तथ्यांकअनुसार चालू बचत खाता घाटा घटेर कुल गार्हस्थ्य उत्पादनको १.१ प्रतिशतमा सीमित भएको छ । आव २०१९ मा यस्तो दर ४.८ प्रतिशत थियो । उक्त तथ्यांकअनुसार पाकिस्तानको आयात पनि झण्डै साढे नौ अर्ब डलर अर्थात् १८.२ प्रतिशतले घटेर ४२ अर्ब ४१ करोड डलरमा पुगेको छ । आव २०१९ मा पाकिस्तानले ५१ अर्ब ८६ करोड डलरको आयात गरेको थियो । आयात घट्दा सरकारलाई व्यापार घाटामा मद्दत मिलेको छ । यसमा सरकारी चालू बचत खाता घट्दा झनै सहयोग पुगेको छ । योसँगै वस्तु व्यापारमा समेत सन्तुलन देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया