Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


बोइङलाई साढे २ अर्ब डलर घाटा
अमेरिका, साउन १५
अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई चालू वर्षको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड अमेरिकी डलर घाटा भएको छ । ७३७ म्याक्सजेट विमान काण्ड तथा कोरोना महामारीका कारण कम्पनीले उच्च घाटा व्यहोरेको हो । कम्पनीले बुधबार आफ्नो आयमा २५ प्रतिशत गिरावट आएको जनाएको छ । यो विश्लेषकले अनुमान गरेभन्दा बढीको गिरावट भएको बताइएको छ ।

बोइङका मुख्य कार्यकारी अधिकृत (सीईओ) डेभिड कलहानले हवाइ क्षेत्रमा महामारीले नराम्ररी असर गरेको बताए । उनले सोही कारण कम्पनीका ग्राहकहरुले विमान खरिदमा चासो नदेखाएको बताए ।

उनका अनुसार सन् २०१९ को कारोबार स्तरमा पुग्न कम्पनीलाई अब तीन वर्ष लाग्नेछ । अहिले बोइङका नयाँ विमानको आपूर्ति समेत ७१ प्रतिशतले घटेको छ । शिकागोमा रहेको कम्पनीका लागि यो ठूलो आम्दानी स्रोत हो । पछिल्लो समय बोइङले केवल ५९ अर्डर मात्रै पाएको छ । त्यस्तै महामारीकै कारण ३ सय ८२ वटा अर्डर रद्द भएको कम्पनीले जनाएको एपीमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया