Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप


अमेरिका, साउन १६
प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ । नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीले जनाएका छन् । यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई विद्युतीय सामग्रीको स्त्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउनेलगायतमा पनि सहयोग गर्ने जनाइएको छ ।

यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् । बालबालिकाहरुलाई कस्ता वेभसाइट हेर्न दिने र कस्ता वेबसाइट हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ । नयाँ एपका प्रयोगकर्ताहरुलाई विद्युतीय सामग्रीहरुलाई बालमैत्री बनाउने, हानी न्युनिकरण गर्ने, स्वास्थ्यलाई फाइदा गराउने, बानीमा सुधार ल्याउनेलगायतका फाइदा हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया