Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहङकङ प्रशासनद्वारा स्थानीय निर्वाचन एक वर्ष पछि सार्ने निर्णय

हङकङ प्रशासनद्वारा स्थानीय निर्वाचन एक वर्ष पछि सार्ने निर्णय


हङकङ, साउन १८
कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय गरेको छ । हङकङको उक्त निर्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आक्रोशित तुल्याएको छ । उनीहरूले निर्वाचनलाई पछि सार्ने निर्णय प्रतिपक्षीलाई कमजोर पार्ने अभिप्रायबाट आएको बताएका छन् ।

तर बेइजिङले हङकङको उक्त घोषणालाई स्वागत गर्दै निर्वाचनको स्थगनलाई महामारीका कारण लिइएको उचित निर्णय बताएको छ । कोरोनाभाइरस संक्रमणको महामारीको कारण व्यवस्थापिका संसदको निर्वाचन एक वर्ष पछि सार्ने हङकङको निर्णयलाई चीनले ‘आवश्यक तथा उचित’ कदम भनेको छ । ‘यो एकदम आवश्यक, उचित र कानूनसम्मत निर्णय हो’, चिनियाँ स्टेट काउन्सिल, हङकङ तथा मकाउमामिला कार्यालयले जारी संक्षिप्त विज्ञप्तिमा भनिएको छ, ‘केन्द्र सरकारले निर्णयलाई पूर्णरूपमा बुझ्दछ र आवश्यक सहयोग गर्नेछ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया