Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्रिटिश एयरवेजमा न्यूनतम कर्मचारी कटौती गर्ने सहमति

ब्रिटिश एयरवेजमा न्यूनतम कर्मचारी कटौती गर्ने सहमति


लन्डन, साउन १८
ब्रिटिश एयरवेजका विमान चालकहरूले २ सय ७० कर्मचारी कटौती गर्ने र कार्यरत कर्मचारीबाट २० प्रतिशत ज्याला कम गर्ने सम्झौताको स्वीकार गर्ने पक्षमा मतदान गरेका छन् । विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको सामना गरिरहेको र आर्थिक संकटको सामना गर्न एक हजार २ सय विमान चालकसहित १२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २ सय ७० कर्मचारी कटौती र २० प्रतिशत ज्याला कटौती गर्ने सम्झौतालाई पारित भएको उड्डयन युनियन (बाल्पा) ले जानकारी गराएको छ । सम्झौताअनुसार कर्मचारीको महामारीको समयको वेतनमा २० प्रतिशतले कम गर्ने र दुई वर्षसम्म आठ प्रतिशतले कटौती गरिनेछ । उक्त समयपछि ज्यालादर कटौती नहुने बाल्पाले बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया