Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटिकटकमा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

टिकटकमा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका


वासिङ्टन, साउन १८
अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले यस विषयमा विचार गरिरहेको जनाउँदै अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।’

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा सुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो । यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाइ राखेका थिए । त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको प्राप्त समाचारमा जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया