Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना महामारीकै बीच हुन्डाईले बेच्यो ४१ हजार गाडी

कोरोना महामारीकै बीच हुन्डाईले बेच्यो ४१ हजार गाडी


भारत, साउन १८
कोरोना महामारीकै बीच सवारीसाधन निर्माता हुन्डाईले जुलाई महिनामा ४१ हजार ३ सय गाडी बिक्री गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हुन्डाई मोटर इन्डिया लिमिटेडले ३८ हजार २ सय गाडी भारतमा र ३ हजार १ सय गाडी निर्यात गरेको हो । कोरोना फैलिएपछि अटोमोबाइल क्षेत्रले पनि नराम्रो असर सामना गर्नुपरेको थियो ।

महामारीका कारण मानिसहरुले सार्वजनिक यातायातभन्दा निजी सवारी रोज्न थालेका छन् । कम्पनीले देशको आर्थिक क्षेत्र चलायमान पार्ने प्रयास गरिरहेको दाबी गरेको छ । कम्पनीका अनुसार जुलाई २०२० मा कुल ३८ हजार २ सय गाडी भारतमै बिक्री भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९८ प्रतिशत बिक्री हो । कम्पनीका क्रेटा, भेन्यु, वर्ना, इलाइट आई२० र निओ गाडीहरुको सर्वाधिक माग आइरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया