Techie
अन्तर्राष्ट्रिय

दक्षिण सुडानका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा

सुडान, साउन १८
दक्षिण सुडानमा झण्डै १३ लाख बालबालिकाहरु कुपोषणको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको युनिसेफले पाँच बर्ष मुनिका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकमा उल्लेख भएअनुसार कुपोषणको उच्च जोखिममा रहेका बालबालिकामध्ये धेरै बालबालिका पर्याप्त स्तनपान गर्न नपाएर कुपोषित भएका बालबालिका रहेका छन् । ‘कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई स्तनपानको आवश्यकता देखिएको छ, त्यसैगरी अन्य पौष्टिक तत्वहरु पनि उनीहरुलाई पर्याप्त उपलब्ध गराउनुपर्ने खाँचो छ’, युनिसेफका एक अधिकारीले भने ।

दक्षिण सुडानका लागि युनिसेफका प्रतिनिधि मोहम्मद एग एयोयाले जुवाबाट जारी गरेको वक्तव्यमा कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ । बालबालिकाहरुलाई अत्यावश्यक न्युनतम स्तनपानका लागि आमाहरुलाई सहयोग गर्न पनि युनिसेफले सवैलाई आग्रह गरेको छ । ‘नयाँ आमाहरुलाई सकेसम्म राम्रो सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यसो भयो भने नयाँ बालबालिकाको जीवनमा ठूलो योगदान हुनसक्छ’, अयोयाले भनेका छन् ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस