Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा गिरावट

चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा गिरावट


बेइजिड., साउन १८
चीनमा कृषिजन्य उत्पादनको थोक मुल्यमा अत्यधिक गिरावट भएको छ । कृषि तथा ग्रामिण मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा ०.०५ अंकले तल झरेको छ । शुक्रबार दिउसो २ बजेसम्मको औसत थोक मूल्यअनुसार सुगुरको प्रतिकेजी मासुमा ०.३ प्रतिशतले गिरावट आएको हो । त्यसैगरी प्रतिकेजी अण्डामा २.७ प्रतिशतसम्म मूल्य घटेको छ । अधिकारीहरुले मुख्य मुख्य २८ प्रकारका तरकारीको प्रति केजीको मूल्यमा औसतमा ०.७ प्रतिशत सस्तो भएको सरकारी सर्वेक्षणले देखाएको जनाएका छन् ।

त्यसैगरी छ प्रकारका विभिन्न फलफुलहरुमा प्रतिकेजी १.७ प्रतिशतसम्म मूल्यमा गिरावट आएको अधिकारीहरुले जनाएका छन् । मूल्यको अवस्था मूल्यांकन गर्दा झण्डै दुई सय थोकमुल्य बजारबाट विवरण संकलन गरिएको थियो । विवरण संकलकहरुले यस्तो विवरण दैनिक रुपमा संकलन गर्ने गरेको र त्यसमा फलफुल, तरकारी, मासु, अण्डालगायतका खाद्य पदार्थको विवरण समावेश हुने गरेको अधिकारीहरुले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया