Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेरि एप्पल नै बन्यो विश्वको ठूलो कम्पनी

फेरि एप्पल नै बन्यो विश्वको ठूलो कम्पनी


अमेरिका, साउन १९
आईफोन निर्माता एप्पल फेरि विश्वकै अधिक मूल्यवान् कम्पनी बनेको छ । कोरोना महामारीका बाबजुद कम्पनीको सेयर मूल्य शुक्रबार सर्वाधिक प्रतिकित्ता ४२५ अमेरिकी डलर पुगेपछि उसको मार्केट क्याप नै १८ खर्ब अमेरिकी डलर पुगेको हो । यो वर्ष कम्पनीको सेयर ४४.७ प्रतिशतले वृद्धि भएको थियो ।

तर तेल उत्पादक साउदी अराम्कोको भने डिसेरम्बर अन्त्ययता ६.४ प्रतिशतले सेयर मूल्य खस्किएको छ । सोही कारण एप्पलले अराम्कोलाई उछिनेको बताइएको छ । साउदी सरकारको बहुस्वामित्व रहेको अराम्कोको मूल्यांकन १७ खर्ब अमेरिकी डलर छ । कोरोना महामारीसँगै विश्वमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएपछि अराम्कोको सेयर खस्किएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया