Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमनिलामा आजदेखि पुनः लकडाउन

मनिलामा आजदेखि पुनः लकडाउन


फिलिपिन्स, साउन २०
फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजधानी मनिलादेखि अन्य प्रान्तहरुसँग आवतजावतलाई पनि बन्द गर्न लागिएको जानकारी दिएका छन् । चिकित्सकहरुको टोलीले कोरोनाभाइरसको संक्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि उनले यस्तो निर्णय लिएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता ह्यारी रोक्युले सोमबार दिएको जानकारी अनुसार महानगरको प्रहरी प्रशासनले मंगलबारदेखि दुई हप्ताका लागि लकडाउन गर्नेछ । आर्थिक गतिविधि बन्द गर्न र अत्यावश्यक बाहेकका अन्य सवै हिडडुल तथा यात्रा गर्न पनि उनीहरुले प्रतिवन्ध लगाउने भएका छन् ।

लकडाउनका समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विषेश केही उद्योगका कर्मचारीलगायतलाई पनि हिड्न दिइने गृह मन्त्रालयका सचिव एडुर्डो एनोले जानकारी दिए । राष्ट्रपति रोड्रिगो डुटेर्टेले यसअघि यही जुन १ तारिखदेखि लकडाउन अन्त्य गरी आर्थिक लगायतका धेरै गतिविधिका लागि खुल्ला गरेका थिए ।

उनले लकडाउन घोषणा गरेपनि बैंक, स्वास्थ्य तथा खाद्य सामग्रीसम्वन्धी कर्मचारी, कृषि उत्पादन कार्यमा संलग्न मजदुरलगायतलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म जान पाउने व्यवस्था गरिने बताए । कमदारहरूले मोटरसाईकल, साईकल, नीजि कारमा आवत जावत गर्न पाउने तर सार्वजनिक यातायातका साधन भने प्रयोग गर्न नपाउने अधिकारीहरुले जनाएका छन् ।

फिलिपिन्सका चिकित्सासम्वन्धी झण्डै एक सय संस्थाहरुले विद्युतीय माध्यममार्फत गरेको बैठकमा अधिकांशले लकडाउन जस्ता प्रतिवन्धात्मक व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया