Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी प्रतिबन्धका बाबजुद जर्मन–रूस ग्यास पाइपलाइन पूरा गरिने

अमेरिकी प्रतिबन्धका बाबजुद जर्मन–रूस ग्यास पाइपलाइन पूरा गरिने


मस्को, पुस ७
रुसदेखि जर्मनीसम्मको ग्यास पाइपलाइन समयमै सम्पन्न गरिने भएको छ । पाइपलाइन निर्माण गर्ने समूहले शनिबार अमेरिकी प्रतिबन्धका बाबजुद समयमै काम सम्पन्न गर्ने बताएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त पाइपलाइन बनाउने कम्पनीमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका थिए । जर्मनीसम्म आउने उक्त ग्यास पाइपलाइन निर्माण भए अहिलेभन्दा दोब्बर क्षमतामा ग्यास आउनेछ ।

अमेरिकाले आफूले उत्पादन गरिरहेको तरलीकृत ग्यास युरोपमा बेच्न चाहिरहेको छ । यदि उक्त ग्यास पाइपलाइन निर्माण भए युरोपमा रुसको ग्यासले बजार ओगट्नेछ । तर अमेरिकाले युरोपमा रुसको प्रभुत्व बढ्ने भन्दै पाइपलाइन निर्माणको विरोध गरिरहेको छ । साथै उक्त पाइपलाइनले युक्रेन हुँदै युरोप आउनेछ । यही हप्ता मस्को र किभले पाइपलाइनको ट्रान्जिट सम्झौता गरेका थिए ।

यो पाइपलाइन बाल्टिक समुद्रको पिँध हुँदै युरोप आउने बताइएको छ । यसको निर्माण सन् २०२० को मध्यतिरै सकिने बताइएको छ । नर्ड स्ट्रिम २ ले शनिबार तोकिएकै समयावधिमा पाइपलाइन निर्माण गरिसक्ने बताएको छ । अमेरिकाले प्रतिबन्ध लगाउने भनेपछि रुस र जर्मनीले औपचारिक रुपमै अमेरिकी कदमको विरोध गरिसकेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया