अल्फाबेटका सीईओ पिचाईलाई २४ करोड डलरको बम्पर प्याकेज
नयाँ दिल्ली, पुस ७
गुगलको मातृकम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले आगामी तीन वर्षको लागि २४ करोड ६० लाख डलरको प्याकेज मिलेको छ । कुनै पनि सर्च इन्जिन कम्पनीका अधिकारीलाई दिइएको यो अहिलेसम्मकै धेरै रकम हो । यो प्याकेजमा २४ करोड डलरको कम्पनीको सेयर र ६० लाख डलरको तलब सामेल छ । योसँगै पिचाईले सन् २०२० देखि हरेक वर्ष २० लाख अमेरिकी डलर वार्षिक तलब बुझ्नेछन् ।
कम्पनीले शुक्रबार अमेरिकी सेयरबजारलाई यसको जानकारी दिइसकेको छ । पिचाईभन्दा अघि अल्फाबेटको सीईओमा ल्यारी पेज थिए । उनले केवल १ डलर मात्रै तलब बुझ्थे । सीईओले पाउने तलबमा सुन्दर पिचाई एप्पलका सीईओ टिम कुकभन्दा केही कम रहेको बताइएको छ । टिम कुक सीईओ बन्दा उनले ३७ करोड ६० लाख डलर लिन्थे । पिचाई गुगलका संस्थापकमध्ये एक हुन् । उनले कम्पनीमा १५ वर्षयता काम गर्दै आएका छन् । केही हप्ताअघि मात्रै उनी अल्फाबेटको सीईओ बनेका थिए ।
सन् २०१५ मा गुगलको सीईओ बन्दा उनको तलब ६ लाख ५२ हजार डलर वार्षिक तलब थियो । त्यसको एक वर्षपछि उनलाई कम्पनीको १९ करोड ९० लाखको सेयर मिलेको थियो । गुगलको क्रोम सफल हुनुको पछाडि पिचाईको समेत योगदान रहेको छ । कम्पनीका अनुसार सन् २०१८ मा पिचाईले १९ लाख डलर तलब लिएका थिए । यसमा उनको सुरक्षा र विमान प्रयोगको खर्च समावेश रहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया