चीनसँग छिट्टै व्यापार सम्झौतामा हस्ताक्षर : ट्रम्प
फ्लोरिडा, पुस ७
अमेरिको राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले केही दिनअघि भएको पहिलो चरणको व्यापार सम्झौतापत्रमा छिट्टै हस्ताक्षर हुने बताएका छन् । शनिबार फ्लोरिडा राज्यमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त जानकारी दिएको रोयटर्सले जनाएको छ । ‘हामीले व्यापार सम्झौतामा ठूलै उपलब्धि हासिल गरेका छौँ, चाँडै त्यसमा हस्ताक्षर हुन्छ’, ट्रम्पले भनेका छन् । पहिलो चरणको सम्झौता अर्थात् ‘फेज वान डिल’ डिसेम्बरको सुरुतिर भएको थियो ।
उक्त सम्झौतासँगै दुवै देशले एकअर्का देशका वस्तुमा यसअघि लगाइएको थप कर घटाएका थिए । विगत एक वर्षयता विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार युद्धका कारण विश्वकै समग्र आर्थिक वृद्धिदरमा असर गरिरहेको छ । उक्त सम्झौताअनुसार अमेरिकाले यसअघि लगाउने भनेको थप कर नलगाउने र चीनले बढीभन्दा बढी परिमाणमा अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने सहमति भएको छ । अमेरिकी वाणिज्य सचिव स्टिभन म्नुचिनले गत हप्ता जनवरीको सुरुतिरै सम्झौतापत्रमा हस्ताक्षर हुने बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया