Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

भारतमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


नया दिल्ली,. साउन २१
अमेरिकी डलरसँग भारतीय मुद्रा कमजोर हुँदा मंगलबार फेरि सुनको मूल्य उच्च दरमा बढेको छ । दिल्ली सर्राफ बजारमा मंगलबार सुन प्रति १० ग्राम ९७ भारुले बढेको हो । तर चाँदी प्रतिकिलो ५ भारु घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार उक्त बजारमा सुन प्रति १० ग्राम ५४ हजार ८ सय ३० भारुसम्म पुगेको थियो । पछिल्लोपटक सुन प्रति १० ग्राम ५४ हजार ७ सय ३३ भारु कारोबार भएको थियो । चाँदी भने प्रतिकिलो ६६ हजार ८ सय ५५ भारुमा कारोबार भएको बताइएको छ ।

यसअघि चाँदी प्रतिकिलो ६६ हजार ८ सय ६० भारुको स्तरमा थियो । डलरसँग भारु ३ पैसा कमजोर भएर ७५.०४ भारुमा कारोबार बन्द भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन १९ सय ७५ डलर प्रतिऔँस र चाादी २४.३१ डलर प्रतिऔँसमा कारोबार भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया