Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखाद्य सुरक्षाका लागि विश्व बैंकबाट बंगलादेशलाई २० करोड डलर

खाद्य सुरक्षाका लागि विश्व बैंकबाट बंगलादेशलाई २० करोड डलर


ढाका, साउन २१
दक्षिण एसियाली राष्ट्र बंगलादेशले विश्व बैंकबाट खाद्य सुरक्षाका लागि २० करोड २० लाख अमेरिकी डलर प्राप्त गरेको छ । बैंकको कार्यकारी निर्देशकहरुको बोर्डले उक्त रकम स्वीकृत गरेको हो । मोडर्न फुड स्टोरेज फेसिलिटी परियोजनामा उक्त रकम खर्च हुनेछ । उक्त रकमबाट ५ लाख ३५ हजार ५ सय टन खाद्यान्न सञ्चिति हुने र त्यसले ४५ लाख घरपरिवारलाई धान्ने बताइएको छ ।

कोरोना महामारीको चुनौतीपूर्ण समयमा बंगलादेशलाई खाद्य असुरक्षामा सहयोगस्वरुप उक्त परियोजना सञ्चालित छ । यसबाट आठ सार्वजनिक अत्याधुनिक गेडागुडी सञ्चय घर बनाइनेछ । आठ जिल्लामा बनाइने त्यस्ता सञ्चय घरमा धान र गहुँजस्ता खाद्यान्न सञ्चिति गरिनेछ । अहिले असुगञ्ज, माधुपुर र मिनेसिंहमा यस्ता सञ्चय घर निर्माणको चरणमा छन् ।

थप सहयोग रकमले ढाका, नारायणगञ्ज र बरिसालमा धानचामलको लागि र चटगाउँ र माहेश्वरपासामा गहुँको लागि सञ्चय गृह बनाउन मद्दत मिल्नेछ । बंगलादेशमा ८० प्रतिशत मानिस गाउँमा बस्छन् । उनीहरुले प्राकृतिक प्रकोपजन्य समस्या सहनुपर्ने बाध्यता छ । अहिले प्रस्ताव गरिएको मोडर्न फुड स्टोरेज सिस्टममा वितरण प्रणालीलाई पनि ध्यान दिएकोले खाद्य असुरक्षा निराकरणमा बैंकको सहयोगले मद्दत गर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया