Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार४० करोड डलरका दुई पाकिस्तानी परियोजना स्वीकृत

४० करोड डलरका दुई पाकिस्तानी परियोजना स्वीकृत


इस्लामाबाद, साउन २१
विश्व बैंकले पाकिस्तानका दुई परियोजना स्वीकृत गरेको छ । ती परियोजना ४० करोड अमेरिकी डलरका हुन् । पाकिस्तानमा खाद्य असुरक्षा घटाउन र कोभिड १९ ले बन्द रहेका विद्यालयमा शैक्षिक गतिविधि पुनर्सञ्चालनका लागि उक्त डलरको कार्यक्रम विश्व बैंकले स्वीकृत गरेको पाकिस्तानी मिडियाहरुले जनाएका छन् ।

दुई परियोजनाका लागि विश्व बैंकले ४० करोड डलर दिनेछ भने २०/२० करोडमा रकम विभाजन गरिनेछ । पहिलो परियोजना सलह संकट र खाद्य सुरक्षा परियोजना हो । यस वर्ष पाकिस्तान, भारत हुँदै सलह नेपाल आएको थियो । सलहले थप संकट नल्याओस् भनेर यो परियोजना कार्यान्वयन गर्न विश्व बैंकले परियोजना स्वीकृत गरेको हो ।

२० करोड डलरमध्ये १२ करोड ५० लाख डलर क्षेत्रीय अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट प्राप्त हुनेछ । सलहले खाद्यबालीमा नोक्सान पार्दा खाद्य असुरक्षा बढ्ने भएकाले यो परियोजनाले थप क्षति हुन नदिने बताइएको छ । सलहले सखाप पारेको अवस्थामा १५ अर्ब डलरभन्दा माथिको नोक्सानी हुनसक्ने आँकलन गरिएको छ । यसले पाकिस्तानमा खाद्य जोखिम बढाउनसक्नेछ ।

पाकिस्तानमा २० प्रतिशत जनसंख्या कुपोषित, ४० प्रतिशत जनसंख्या बहुविध गरिबी र २५ प्रतिशत जनसंख्या राष्ट्रिय गरिबीको रेखामुन रहेका छन् । विश्व बैंकको कार्यकारी निर्देशकीय बोर्डले दुई परियोजना स्वीकृत गरेको हो । सलह र कोभिड १९ ले निम्त्याएको संकट व्यवस्थापन गर्न आकस्मिक रुपमा उक्त सहयोग स्वीकृत गरेको पाकिस्तानका लागि विश्व बैंकका देशीय निर्देशक इलांगो पाचामुथुले बताए ।

यो परियोजनाले पाकिस्तानको कृषिमा आश्रित अर्थतन्त्रलाई जोगाउने र शैक्षिक प्रणाली सुधारबाट मानव पुँजीको संरक्षण हुने बताइएको छ । त्यस्तै आईडीएबाट आउने २० करोड ऋणले कोभिड १९ ले शैक्षिक क्षेत्रमा निम्त्याएको संकट व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया