Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररिलायन्स विश्वकै दोस्रो सर्वाधिक ठूलो ब्रान्ड, पहिलो नम्बरमा एप्पल

रिलायन्स विश्वकै दोस्रो सर्वाधिक ठूलो ब्रान्ड, पहिलो नम्बरमा एप्पल


नयाँ दिल्ली, साउन २२
भारतकै सर्वाधिक मूल्यवान् कम्पनी रिलायन्स इन्डस्ट्रिज फ्युचर ब्रान्ड इन्डेक्स २०२० मा दोस्रो सर्वाधिक ठूलो ब्रान्ड बनेको छ । पहिलो स्थानमा भने अमेरिकी कम्पनी एप्पल रहेको छ । फ्युचर ब्रान्डका अनुसार रिलायन्स पहिलोपटक यो सूचीमा समावेश भएको हो । रिलायन्सले लामो छलाङ मार्ने क्रममा यस्तो सफलता पाएको भारतीय मिडियाहरुले बताएका छन् । रिलायन्स भारतमा सबैभन्दा बढी मनाफा कमाउने कम्पनीमध्ये पर्छ । कम्पनीको सुधारिँदो व्यवसाय, वृद्धि, आविष्कारजन्य उत्पादन र ठूलो ग्राहकीय सेवाका लागि प्रसिद्ध छ । फ्युचरब्रान्ड ग्लोबल ब्रान्ड ट्रान्सफरमेसन कम्पनी हो । उसले रिलायन्सको श्रेय पनि मुकेश अम्बानीलाई दिएको छ ।

अम्बानी पछिल्लो समय विश्वकै ठूला ५ अर्बपतिभित्र पहिलोपटक समावेश भइसकेका छन् । अम्बानीको पेट्रोकेमिकल व्यवसाय छ भने रिलायन्सले आफ्नो कारोबार विभिन्न देशमा फैलाएको छ । अहिले उसले ऊर्जा, पेट्रोकेमिकल, टेक्स्टाइल, प्राकृतिक स्रोत, खुद्रा र टेलिकम्युनिकेसनसहित धेरै क्षेत्रमा काम गरिरहेको छ । अब गुगल र फेसबुकजस्ता चर्चित कम्पनीहरुले समेत रिलायन्समा लगानी गरिरहेका छन् । सोही कारण कम्पनी अझै अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

यो सूचीमा एप्पल र रिलायन्सपछि सामसङ कम्पनी तेस्रो नम्बरमा छ । त्यसपछि नविदिया, मोउताई, नाइक, माइक्रोसफ्ट, एएसएमएल, पेपाल र नेटफ्लिक्स क्रमशः वरीयतामा छन् । फ्युचरब्रान्ड इन्डेक्स एक ग्लोबल पर्सेप्सन अध्ययन हो । उसले कम्पनीहरुको मार्केट क्यापको दृष्टिले पीडब्ल्यूसीको ग्लोबल टप १०० कम्पनीको पर्सेप्सन अध्ययन गरी वरीयता प्रदान गर्छ । वित्तीय हिसाबले भने होइन । पीडब्ल्युसीको यो वर्षको सूचीमा रिलायन्स ९१ नम्बरमा छ । फ्युचर ब्रान्ड इन्डेक्समा यो वर्ष कुल १५ नयाँ कम्पनीहरु सामेल भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया