Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगलका पूर्वकर्मचारी इन्जिनियरविरुद्ध १८ महिने जेल सजाय

गुगलका पूर्वकर्मचारी इन्जिनियरविरुद्ध १८ महिने जेल सजाय


अमेरिका, साउन २२
सर्चइन्जिन जायन्ट गुगलका पूर्वकर्मचारी इन्जिनियरलाई जेल सजाय भएको छ । गुगलको स्वचालित कार युनिटमा काम गरेका इन्जिनियर एन्थोनी लेवान्डोस्कीविरुद्ध अमेरिकी जिल्ला अदालतले १८ महिने जेल सजाय सुनाएको हो । उनीविरुद्ध उबेरमा सम्बद्धता हुनुअघि व्यापार गोप्यता कुरा चोरी गरेको अभियोग लागेको थियो । सनफ्रान्सिस्कोको एक अदालतले व्यापारको गोप्य कुरा चोरी गरेको भन्दै उक्त सजाय सुनाएको हो ।

लेवान्डोस्कीले गुगलको १४ हजार फाइल आफ्नो ल्यापटपमा ट्रान्सफर गरेर कम्पनी छोडेका थिए । यो सन् २०१६ को जनवरीमा उनले गुगल छोड्नुअघिको घटना हो । उनले उबेरमा जोडिएपछि रोबोकार परियोजनाको नेतृत्व गरेका थिए । तर यो मुद्दा आएसँगै सन् २०१७ मा कम्पनीबाट निकालिएका थिए । उनी मार्चमा आर्थिक संकटमा डुबेका थिए ।

उनको गल्तीका कारण गुगलको मातृकम्पनी अल्फाबेटलाई उनले १७ करोड ९० लाख अमेरिकी डलर तिर्नुपर्ने भएको छ । लेवान्डोस्की गुगलको स्वचालित कार परियोजना वाइमोका संस्थापक सदस्य समेत हुन् । उनले आफू निमोनियाको बिरामी रहेको भन्दै १२ महिना मात्र जेल बस्नुपर्ने आशा गरेका थिए ।

मुद्दा अभियोजनकर्ताले भने उनीविरुद्ध २७ महिनाको जेल सजाय मागदाबी गरेका थिए । उनले कोरोनाको प्रभाव उच्च विन्दुमा पुगेर झर्नथालेपछि जेल सजाय सुरु गर्न सक्ने अदालतले बताएको छ । लेवान्डोस्कीले अहिले स्वचालित ट्रक कम्पनी प्रोन्टोमा कार्यरत छन् । उनले एक विज्ञप्ति जारी गर्दै साढे ३ वर्षयता चलेको मुद्दा सकिएको र अब नयाँ यात्रा सुरु भएको जनाएका छन् ।

उबेरले गुगलसँग व्यापार गोप्यता चोरीसम्बन्धी मुद्दा सल्टाइसकेको छ तर दुई कम्पनीबीचको मामिला भने अझै टुंगिनसकेको छैन । टेक क्रन्च नामक अनलाइनका अनुसार लेवान्डोस्कीले उवेरविरुद्ध ४ अर्ब १० करोड अमेरिकी डलर मागदाबीसहित मुद्दा हाल्ने तयारीमा छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया