Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजियोपछि गुगलले किन्दै छ अर्को भारतीय कम्पनीको सेयर

जियोपछि गुगलले किन्दै छ अर्को भारतीय कम्पनीको सेयर


नयाँ दिल्ली, साउन २५
चर्चित अमेरिकी कम्पनी गुगलले भारतीय कम्पनी जियोमा साढे ४ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको केही समय नबित्दै अर्को कम्पनीको पनि सेयर किन्ने तयारी गरेको छ । भारतीय मिडियाहरुका अनुसार गुगलले गुगल सफ्टबैंकको समर्थन रहेको अनलाइन इन्स्योरेन्स प्लेटफर्म पोलिसीबजारमा माइनोरिटी स्टेक लिनसक्ने देखिएको हो ।

गुगलले आगामी ५/७ वर्षमा भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने जनाइसकेको छ । गुगलले पोलिसीबजारमा १० प्रतिशत हिस्सा किन्न इच्छुक देखिएको नवभारत टाइम्सले जनाएको छ । उक्त हिस्साको लागि गुगलले करिब १५ करोड अमेरिकी डलर लगानी गर्नसक्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया