Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा एकै वर्ष १३ सय १० किलोमिटर रेलवे विस्तार

चीनमा एकै वर्ष १३ सय १० किलोमिटर रेलवे विस्तार


बेइजिड., साउन २६
चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४ सय किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।

सिन्ह्वाका अनुसार कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा ९ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ । पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको विस्तारमा बढी लगानी गरेको छ । रेलसेवाको विस्तार र सुधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ११.३ प्रतिशतले बढी खर्च गरिएको कर्पोरेसनले जनाएको छ ।

पहिलो सात महिनाको अवधिमा एक हजार ३ सय १० किलोमिटर नयाँ रेलवे लाइन शुरु भएको छ जसमा ७३३ किलोमिटर उच्च गतिको रेलवे समेत रहेको कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया