Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको बजेट घाटा ८.१ प्रतिशत

पाकिस्तानको बजेट घाटा ८.१ प्रतिशत


इस्लामाबाद, साउन २९
पाकिस्तानको बजेट घाटा आर्थिक वर्ष २०१९/०२० मा ८.१ प्रतिशत रहेको छ । जुन अनुमान गरिएभन्दा १ प्रतिशत कम भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । डनका अनुसार प्रधानमन्त्री इमरान खानले ल्याएको आर्थिक प्याकेजका कारण अनुमान गरिएभन्दा कम हुनपुगेको जनाएको छ ।

पाकिस्तानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारी कुल बजेट घाटा ३३ खर्ब ७६ अर्ब रुपैयाँ (पाकिस्तानी मुद्रा) रहेको छ । यो जुन ३०, २०२० मा सकिने आर्थिक वर्षको तथ्यांक हो । प्रतिशतमा भन्ने हो भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ८.१ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा यस्तो घाटा ८.९ प्रतिशत रहेको थियो । जुन चार दशकयताकै सबैभन्दा बढी थियो । त्यस्तै ८ प्रतिशतभन्दा माथि बजेट घाटा रहेको यो लगातार दोस्रो वर्ष हो ।

सुरुमा यस वर्ष ९.१ प्रतिशत बजेट घाटा हुने अनुमान गरिएको थियो । सरकारले १२ खर्ब ४० अर्बको कोरोना राहत प्याकेज घोषणा गरेपछि यस्तो अनुमान गरिएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि ९.२ प्रतिशत अर्थात् ३८ खर्ब ६० अर्बको बजेट घाटा हुने अनुमान गरेको थियो । कोरोनाका कारण सरकारी राजस्व कम तथा बढ्दो खर्चलाई दृष्टिगत गरी १ अर्ब ४० करोड डलरको कोषको -यापिड फाइनान्सिङ इन्स्ट्रुमेन्टको एक भागका रुपमा यस्तो अनुमान गरिएको थियो ।

त्यस्तै पाकिस्तानको चालू खर्च पनि सोचेभन्दा कम भएको छ । त्यस्तै प्रधानमन्त्री खानले घोषणा गरेको १२ खर्ब रुपैयाँको घोषणा गरेको प्याकेजका बाबजुद सरकारी बचत ४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । जुन सन् २०१९/२०२० मा खर्च नै हुन सकेन । त्यस्तै कम खर्च हुनुमा विकास कार्यक्रमहरुमा धेरै खर्च नहुँदा सरकारी खर्च न्यून भएको बताइएको छ । विकास कार्यक्रममा पाकिस्तान सरकारले ४ खर्ब ६८ अर्ब मात्रै खर्च गरेको छ ।

यसबाहेक पाकिस्तानको राजस्व संकलन ३९ खर्ब ९८ अर्ब रहेको छ । ५५ खर्ब संकलन गर्ने बजेट लक्ष्यभन्दा यो निकै कम हो । सबै क्षेत्रको राजस्व ६२ खर्ब ७२ अर्ब रुपैयाँ संकलन हुँदा कर राजस्व ४७ खर्ब संकलन भएको छ । यसमध्ये ४३ खर्ब संघीय र ४ खर्ब १३ अर्ब रुपैयाँ प्रान्तीय राजस्व संकलन भएको बताइएको छ । त्यस्तै गैरकर राजस्व १५ खर्ब संकलन भएकाो बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया