Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘युरोपेली वस्तुमाथिको कर यथास्थितिमा’

‘युरोपेली वस्तुमाथिको कर यथास्थितिमा’


लन्डन, साउन ३०
अमेरिकाले साढे सात अर्ब अमेरिकी डलर मूल्यका युरोपेली र बेलायती वस्तुमाथि लगाउने भनिएको कर यथास्थितिमा राखेको छ । अमेरिकाले युरोपेली विमान निर्माता एयरबसलाई सब्सिडी (राज्यले दिने सहुलियत) दिएको भन्दै उक्त कर थप्ने घोषणा गरेको थियो ।

अमेरिका र युरोप आआफ्ना विमान निर्मातालाई दिएको सब्सिडीबारे विवाद अन्त्यको पहल गरिरहेका छन् । अमेरिकाले गत वर्ष युरोपका एक सय बढी वस्तुमा करवृद्धि गरेको थियो । ती वस्तुमा चिज, ह्विस्कीलगायत समावेश थिए । अमेरिकाले युरोपले समस्या समाधानमा केही पहल नगरेको आरोप लगाउँदै आएको छ ।

‘विश्व स्वास्थ्य संगठनको निर्णय कार्यान्वयन गर्न ईयूले पहल गरेको छैन’, अमेरिकी सरकारका व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरले बुधबार भने, ‘अमेरिका विवादको दीर्घकालीन समाधान चाहन्छ ।’ युरोपेली युनियनले अमेरिकी निर्णयको खुलेर स्वागत गरेको छ । ईयूका एक प्रवक्ताले दुई विमान निर्माताबीचको विवाद समाधान गर्ने र कर नबढाउने निर्णयबारे जानकार रहेको बताएका छन् ।

एयरबसले गत वर्ष केही सम्झौताका कारण विवाद बढेकोले परिवर्तन गर्ने जनाएको थियो । उसले फ्रान्स र स्पेनको कर्जाको ब्याजदर समेत बढाएको थियो । त्योसँगै ईयूले अन्यायपूर्ण कर हटाउन माग गरेको थियो । धेरै अमेरिकी व्यवसायले पनि थप करको विरोध गर्दै आएका थिए । बुधबार मात्रै एयरबसले महामारीको चपेटामा पर्दा पनि कर यथा अवस्थामा राखेकोमा विरोध गरेको थियो । अमेकिराले गत वर्ष विश्व व्यापार संगठनले एयरबसले ए३८० र ए३५० मा पाएको सहुलियत अवैधानिक रहेको निर्णय गर्दै अमेरिकी कदमको समर्थन गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया