Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजीडीपी वृद्धिदर घटेको रिपोर्टपछि मोदीले छलफल थाले

जीडीपी वृद्धिदर घटेको रिपोर्टपछि मोदीले छलफल थाले


नयाँ दिल्ली, पुस ८
घट्दो आर्थिक वृद्धिदरका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक वृद्धिदर र लगानीबारे छलफल सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री मोदीको अध्यक्षतामा लगानी तथा वृद्धिसम्बन्धी नगगठित समितिको पहिलो बैठक बसेको हो । भारतीय मिडियाहरुका अनुसार सुस्ताएको अर्थ व्यवस्थालाई ट्र्याकमा ल्याउन भारतीय सरकारले खर्च बढाउने तयारी गरिरहँदा समितिको बैठक बसेको हो । मन्त्रीमण्डलको लगानी तथा वृद्धिसम्बन्धी समिति (सीसीआईजी) गत जुनमा गठन भएको थियो । भाजपा गत मेदेखि सत्तामा आएयता उक्त समिति गठन गरिएको थियो ।

बैठकले लगानी तथा आर्थिक वृद्धिदरलाई लिएर धेरै निर्णयहरु गरेको बताइएको छ । समितिमा भारतीय प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमित शाह, यातायातमन्त्री नितिन गडकरी, वित्तमन्त्री निर्मला सीतारमण र वाणिज्य तथा रेलमन्त्री पीयूष गोयल रहेका छन् । चालू आर्थिक वर्षको जुलाई–सेप्टेम्बर त्रैमासिकमा भारतको जीडीपी वृद्धिदर ४.५ प्रतिशत रहेको थियो । उक्त वृद्धिदर छ वर्षयताकै न्यून हो । लगानी र निर्यात घटेसँगै भारतको अर्थतन्त्र सुस्ताउँदै गएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया