Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजीएमले अर्को पाँच वर्षसम्म चीनमा बढीजसो ईभी मात्रै लन्च गर्ने

जीएमले अर्को पाँच वर्षसम्म चीनमा बढीजसो ईभी मात्रै लन्च गर्ने


अमेरिका, भदौ ४
सवारीसाधन निर्माता जनरल मोटर्स (जीएम)ले चीनमा आगामी पाँच वर्षसम्म सार्वजनिक हुने नयाँ सवारीसाधनमा ४० प्रतिशतभन्दा धेरै विद्युतीय हुने बताएको छ । कम्पनीले बुधबार उक्त जानकारी दिएको हो । रोयटर्सका अनुसार जीएमको विद्युतीय सवारीसाधनमा ब्याट्री कारहरु हुनेछन् । ती सबै चीनमा नै निर्मित हुने बताइएको छ । ती कारहरुको सबै पार्ट्स स्थानीय तहबाटै आपूर्ति गरिने पनि कम्पनीको भनाइ छ ।



तपाईको प्रतिक्रिया