Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटिकटक खरिद गर्न ओरेकललाई टम्पको ‘ग्रिन सिग्नल’ 

टिकटक खरिद गर्न ओरेकललाई टम्पको ‘ग्रिन सिग्नल’ 


वासिड.टन, भदौ ४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डको टिकटकको व्यवसाय खरिद गर्न ओरेकल कम्पनीलाई ‘ग्रिन सिग्नल’ दिएका छन् । उनले टिकटक खरिद गर्ने ओरेकल ठूलो कम्पनी भएको समेत दाबी गरेका छन् । यसअघि ओरेकललाई पनि टिकटक खरिदकर्तामध्ये सम्भावित एक कम्पनीका रुपमा हेरिएको रिपोर्टहरु सार्वजनिक भएका थिए । गत हप्ता ट्रम्पले टिकटक खरिदबिक्रीका लाग ९० दिने समयसीमा तोकिदिएका थिए ।

टिकटक चिनियाँ कम्पनी बाइटीडान्सको स्वामित्वमा रहेको छोटा भिडियो सेयरिङ एप कम्पनी हो । ओरेकलका प्रमुख ल्यारी एलिसन ट्रम्पका समर्थक हुन् । उनले ट्रम्पको चुनावका लागि गत फेब्रुअरीमा पैसा समेत संकलन गरेका थिए । ट्रम्पले एरिजोना राज्यको युमामा गरेको पछिल्लो भाषणमा उक्त प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । ओरेकलले क्यानडासहित उक्त तीनवटा देशको टिकटकको व्यवसाय जनरल एटलान्टिक र सिक्योइया क्यापिटलसँग मिलेर खरिद गर्ने मनसाय बनाएको छ ।

यसअघि टिकटकको खरिदबिक्रीको लाभ हिस्सामा अमेरिकी सरकार पनि हुनुपर्ने माग गरेका थिए । अमेरिकाले आफ्ना नागरिकहरुको व्यक्तिगत विवरणजति सबै टिकटकबाट बाइटीडान्स हुँदै चिनियाँ कम्युनिस्ट पार्टीसम्म पुग्ने र त्यसले राष्ट्रिय सुरक्षामै खतरा पुग्ने दाबी गर्दै टिकटक अमेरिकी कम्पनीलाई नबेचे प्रतिबन्धित गर्ने निर्णय गरेको थियो । बाइटीडान्सले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकामा प्रतिबन्धको हल्लासँगै अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक खरिद गर्ने बताएको थियो । अहिले पनि उसैले खरिद गर्न सक्ने सम्भावना देखिएको छ । त्यसबाहेक ट्विटरले पनि टिकटक खरिद गर्ने इच्छा देखाइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया