Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमित बढ्दै

मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमित बढ्दै


माले, भदौ ९
दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरूको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरू बढेका प्राप्त समाचारमा जनाइएको हो । कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरूले जनाएका छन्  ।

मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार यहाँ संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७ सय ७९ पुगेको छ । त्यहाँका संक्रमितमध्ये ४ हजार २ सय २२ जना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५ सय ३२ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । अधिकारीहरूले यहाँ बाहिरबाट आएका व्यक्तिहरूबाट कारोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया