Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाँचतले भवन भत्किँदा भारतको राइगढमा मृत्यु हुनेको संख्या १० पुग्यो

पाँचतले भवन भत्किँदा भारतको राइगढमा मृत्यु हुनेको संख्या १० पुग्यो


भारत, भदौ १०
भारतको महाराष्ट्र राज्यस्थित राइगढ इलाकामा पाँचतले भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) ले मङ्गलबार पुष्टि गरेको छ । स्थानीय प्रशासनका अनुसार उक्त घरको भग्नावशेषमा अन्य केही व्यक्ति फसेको आशंका गरिएको र उनीहरूको उद्धारका लागि विभिन्न समूहले घटनास्थलमा काम गरिरहेका छन् ।

राइगढको काजलपुरा क्षेत्रमा रहेको अग्लो घर सोमबार एक्कासि भत्किँदा त्यहाँ रहेका दर्जनौँ व्यक्ति भग्नावशेषमा फसेका थिए । तत्काल स्थानीय तथा सरकारी अधिकारीसहितको उद्धार टोली घटनास्थल पुगी केही व्यक्तिलाई सकुशल उद्धार गरेका थिए । एनडीआरएफ, स्थानीय प्रशासन तथा स्थानीय नागरिक घटना लगत्तै उद्धारमा खटिएका थिए । घटनास्थलबाट मंगलबार तीन पुरूष र एक महिला गरी चार जनालाई मृत अवस्थामा निकालिएको छ भने एक बालकलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

घटनालगत्तै संघीय गृहमन्त्री अमित शाहले एनडीआरएफका महानिर्देशकलाई फोन गरी तत्काल उद्धार टोलीलाई घटनास्थलमा पठाउन निर्देशन दिएका थिए । घटनामा मृत्यु भएका व्यक्तिहरूप्रति दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्रीको कार्यालयल ट्विटरमार्फत जारी शोक सन्देशमा भनिएको छ, ‘महाराष्ट्रको राइगढमा भवन भत्किँदा भएको घटनाले हामीलार्ई दुःखी बनाएको छ । यस घडीमा मृतकका आफन्तप्रति समवेदना । घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।’ स्थानीय अधिकारी तथा एनडीआरएफका टोली घटनास्थलमा पुगी उद्धार कार्यमा सहभागी भइसकेका पनि उक्त शोक सन्देशमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया